काठमाडौं । नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध २ जना अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन् ।
बरियताक्रम अनुसार सिनियरलाई पन्छाएर जुनियरलाई आईजी बनाएपछि दुई अतिरिक्त महानिरिक्षकद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सरकारको निर्णयविरुद्ध सर्वोच्च जान लागेका हुन् ।
२४ मंसिर २०७७ र २१ असार २०७८ मा एआईजी भएका पोखरेल र थापालाई पन्छ्याएर सरकारले आइतबार सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सिंह १७ चैत २०७८ मा मात्रै एआईजी बढुवा भएका थिए। आईजी बढुवा भएका सिंह एआईजीमा बढुवा हुँदाकै मुद्दा समेत अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा मुद्दा विचाराधीन रहेकै अबस्थामा सरकारले धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गरेपछि सो विवाद अब पुन अदालतमा प्रवेश पाउने भएको छ ।