• बैशाख २७ २०८३, आईतवार

काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाख नगदसहित दुई पक्राउ

बैशाख १७ २०७९, शनिबार

काठमाडौँ। काठमाडौंको बालाजुबाट १६ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-११ घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव रहेका छन्।

शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरू शंकास्‍पद रूपमा हिँडिरहेको फेला परेपछि प्रहरीले चेक गरेको थियो।

नगदको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान  गरिरहेको छ।