काठमाडौै । पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो ।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।