• बैशाख २७ २०८३, आईतवार

चुनावी प्रचारमा जादाँ नाबालिका बलात्कार प्रयास गर्ने माओवादी कार्यकर्ता पक्राउ

बैशाख १६ २०७९, शुक्रबार

काठमाडौं । चुनाव प्रसारका नाममा नाबालिकामाथि करणी प्रयास गरेको अभियोगमा रसुवाका जिल्ला इन्चार्ज प्रहरीको फन्दामा परेका छन् । घटना रसुवा कालिका गाउँपालिकाको हो ।

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव लक्षित प्रचार प्रसारको क्रममा ११ बर्षीया बालिकामाथि अभद्र र यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माओवादीका एक गणेश बिकलाई बिहीबार राति नियन्त्रणमा लिएको हो । बालिकाको घरमा कोही नभएको मौका छोप्दै गणेशले करणी प्रयास भएको बालिकाको अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।

अभिभावक र बालिकासहितले हिजो राती नै कालिका प्रहरी चौकीमा गणेशविरुद्ध उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा हिजै प्रहरीले पीडक भनिएका विकलाई हिजै राती २ बजे प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।