काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दै छ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेको लोसपाल जनाएको छ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाहेक सबै दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। माओवादी केन्द्रले भने स्थानीय तहको घोषणापत्र केन्द्रले सार्वजनिक नगर्ने बताएको छ।
स्थानीय निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ।