डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए । महामन्त्री थापाको यहि अभिव्यक्तिलाई मल्लले केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु भनेका छन् ।
बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउन सक्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको ‘मेनिफस्टो’ अर्थात घोषणापत्र नै नभएको बताए ।