• बैशाख २३ २०८३, बुधबार

राप्रपा नेपालका उपाध्यक्षले गरे पार्टी छोडेको घोषणा

बैशाख १५ २०७९, बिहीबार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी छोडेको घोषणा गरेका छन् ।

अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए भने उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएलगत्तै कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए ।

राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेको बुझिएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिन्ह सूर्य लिएर उठ्ने भएको छ ।

सो विषयमा पौड्यालले असहमति जनाएका थिए । पौडेल यसअघि संघीय संसदको निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए । उनी राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए ।