• बैशाख २७ २०८३, आईतवार

स्थानीय निर्वाचनमा सार्वजनिक बिदा दिन आयोगको आग्रह

बैशाख १५ २०७९, बिहीबार

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन देशभर सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ। निर्वाचनको दिन वैशाख ३० गते देशभर सार्वजनिक विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा आयोगले भनेको छ, ‘वैशाख ३० गते देशभर सार्वजनिक विदा दिन मुख्यसचिवमार्फत सरकारलाई अनुरोध गर्ने।’

आयोगले आजसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाई गरेको पनि जनाएको छ।

यस्तै आयोगले बिहीबार सम्म ३३ जिल्लामा ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको पनि बताएको छ।