• बैशाख २३ २०८३, बुधबार

चुनावी सभालाई सम्बोधन गर्न लिङ्देन नुवाकोट जाने

बैशाख १५ २०७९, बिहीबार

विदुर । स्थानीय चुनावको प्रचार प्रसारको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोली (बैसाख १६ गते) नुवाकोट जाने कार्यक्रम रहेको छ ।

सो पार्टीको जिल्लाको लिखु गाउँपालिकास्तरीय समितिद्धारा लिखु–१ ढिकुरे बजारमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेको राप्रपा लिखुले जानकारी दिएको छ ।

उक्त सभालाई सम्वोधन गर्न लिङ्देनसँगै पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका केन्द्रीय नेताहरु पनि आउने भएका छन् ।

राप्रपाले लिखुको अध्यक्षमा पदमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री दिपककुमार राईको नेतृवमा उमेदवारी दर्ता गराएको छ ।

नुवाकोटको लिखु गाउँपालिका बिगतदेखि नै राप्रपाको गढ मानिँदै आएको छ । त्यसकारण राप्रपाले आयोजना गरेको आमसभालाई जिल्ला भरि नै निकै चासोका साथ हेरिएको छ ।