• बैशाख २३ २०८३, बुधबार

चर्चामा भरतपुर महानगर: गठबन्धनका बागी उम्मेदवार पौडेललाई फकाउन पूर्वप्रधानन्यायाधीशसम्म प्रयोग

बैशाख १५ २०७९, बिहीबार

काठमाडौै । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत लागेको खुलेको छ । कांग्रेसका नेताहरुले पूर्वप्रधानन्याायधीश पराजुलीलाई सहयोग गर्न आग्रह गरेको काँग्रेस स्रोतले जानकारी दियो ।

यता पौडेलले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलगायतका नेताको कुनै पनि प्रस्ताव स्वीकार नगरी आफूले दिएको उम्मेदवारी पनि फिर्ता नलिने बताइसकेका छन् । आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।

पौडेलले उम्मेदवार फिर्ता नलिने अडानपछि सत्ता गठबन्धन दलका नेताहरु तनावमा देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बागी उम्मेदवार फिर्ता गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक-पटक छलफलमा केन्द्रित छन् ।