काठमाडौै । काठमाडौं जिल्ला अदालतले एक महिलासँगको गोप्य तस्बिर उनका श्रीमानलाई पठाउने व्यक्तिमाथि ७० हजार रुपैयाँ धरौटी माग्ने आदेश जारी गरेको छ ।
महिलासँग विवाद र झगडापछि उनीसँगै बसेको गोप्य तस्वीर श्रीमानलाई पठाएर दुख दिएपछि ति महिलाले उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा प्रहरीले काठमाडौं महागनगरपालिका–१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरविरुद्ध विद्युतीय कारोबार ऐन कसूरमा मुद्दा दर्ता गरेको थियो ।