• बैशाख २७ २०८३, आईतवार

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइयो

बैशाख १५ २०७९, बिहीबार

काठमाडौँ। गायक प्रमाेद खरेल सवारी दुर्घटनामा घाइते भएका छन् । गएराति नेपालगञ्जबाट दाङकाे तुलसीपुर जाने क्रममा भएकाे कार दुर्घटनामा आफू सहित तीन जना घाइते भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गाएक खरेल एक सांगीतिक कार्यक्रमका लागि बुधबार साँझ नेपालगञ्ज विमानस्थल भएर तुलसीपुर गएका थिए ।

खरेलले गाडीकाे एयर ब्याग र सिट बेल्टले आफ्नाे ज्यान जाेगिएकाे बताएका छन् । दुर्घटनामा घाइते भएपछि स्थानीय अस्पतालमा उपचारपश्चात आफूलाई थप उपचारका लागि काठमाडाैं ल्याइएकाे खरेलले जानाकारी दिएका छन् ।

काठमाडाैंमा गरिएकाे चेकजाँचपछि आफ्नाे शरीरकाे बाहिरी भागमा चाेट रहे पनि भित्रीभागमा गम्भीर समस्या नरहेकाे चिकित्सकले जानकारी दिएकाे उनले बताएका छन् ।