काठमाडौँ। नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन् ।
आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरिएको सिंहको सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनबाट सिंह काठमाडौंको मेयर पदको उम्मेदवार बनेकी हुन् । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।
यता नेकपा एमालेबाट पूर्वमेयर केशव स्थापित महानगरको मेयर र सुनिता डंगोल उपमेयर पदमा उम्मेदवार छन् ।