• बैशाख २७ २०८३, आईतवार

चुनावी वातावरण भयरहित बनाउन प्रहरीलाई महानिरीक्षक क्षेत्रीको निर्देशन

बैशाख १४ २०७९, बुधबार

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चुनावी वातावरण भयरहित बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै  वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिए ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो । प्रदेश प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा जोड दिए ।