काठमाडौं । निर्वाचन आयोगले बुधबार देशका विभिन्न २२ जिल्लामा मतपत्र पठाएको छ ।
आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म छापिएका ३४ लाख मतपत्र जिल्लामा पठाएको जनाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड गरि २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको आयोगले जनाएको छ ।
आयोगले मतपत्र पठाएका जिल्लाहरु:
प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाएको छ भने सुदूरपश्चिम प्रदेशक कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुरामा पठाएको छ । पठाइएका मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ आयोगले जनाएको छ ।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।