• बैशाख २७ २०८३, आईतवार

काठमाडौंको म्हेपीबाट साढे १२ लाख नगद र सुनका गरगहना चोरी

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। काठमाडौंको म्हेपीबाट नगद र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ।

काठमाडौं महानगरपालिका-१७ म्हेपीस्थित तीन तले घरमा हिजो (मंगलबार) साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

सिन्भुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा कोही नभएको बेलामा १२ लाख ५० हजार रुपैयाँ नगद  र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

घटनाको प्रहरी वृत्त स्रोहखुट्टे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको  छ।