• बैशाख २३ २०८३, बुधबार

सत्ता गठबन्धनले तालमेलमा कडाई गर्दै जारी गरे सात बुँदे निर्देशन

बैशाख १४ २०७९, बुधबार

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको तालमेललाई प्रभावकारी बनाउनका लागि सात बुँदे निर्देशन जारी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले गठबन्धन दलबीच केन्द्रमा भएको सहमति वडा तहसम्म कार्यान्वयनका लागि ७ बुँदे कडा निर्देशन जारी गरेका हुन्। गठबन्धन दलभित्रका सदस्यले स्वतन्त्र उम्मेदवार दर्ता गरेको सबै बागी उम्मेदवारी फिर्ता गराउन निर्देशन दिने भएको छ ।

गठबन्धन बैठकले ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेका छन् । त्यस्तै गठबन्धनिभत्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको छ ।