काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै सो कुरा बताएका हुन्।
उनले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसक्नुको कारण एमाले बलियो पार्टी भएकाले रआफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेको बताए ।
एमालेलाई हराउन गठबन्धन गरेका दलहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा व्यक्त गर्दै पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य नरहेको र यसले मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे ।