• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचन: मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

बैशाख १३ २०७९, मंगलवार

काठमाडाैं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतपत्र आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । वैशाख १४ गते काठमाडौंबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ ।

आजै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ ।