• बैशाख २७ २०८३, आईतवार

शंकास्पद २२ चिनियाँ नागरिकमाथि अध्यागमन विभागले अनुसन्धान थाल्यो

बैशाख १३ २०७९, मंगलवार

काठमाडाैं ।  अध्यागमन विभागले व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशंकामा २२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ ।

उनीहरुमाथि अनुसन्धान थालिएको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिदैं अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको जानकारी दिए।

थापाका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको बताए ।