• बैशाख २३ २०८३, बुधबार

कांग्रेसलाई भीम रावलको प्रश्न : घोषणापत्रमा राष्ट्रघाती एमसीसीबारे किन नलेखेको ?

बैशाख १३ २०७९, मंगलवार

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले कांग्रेसले स्थानीय तहको चुनावी घोषणापत्रमा आफ्नोबारे उल्लेख गरेको प्रसंगमा प्रश्न गरेका छन्।

गत ११ गते कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा ओलीले दोस्रोपटक गरेको विघटनविरुद्ध एमाले नेताहरु नै सर्वोच्च पुगेको र देउवालाई प्रधानमन्त्री बनाउन माग गरेको उल्लेख गरेको छ। त्यसप्रति असन्तुष्टि जनाउँदै रावलले एमसीसीको विषयसँग जोडेर सामाजिक सञ्जाल मार्फत कांग्रेसलाई प्रश्न गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘संविधान विपरीतको प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकांले घोषणापत्रमा लेखेछ। राष्ट्रघाति प्रावधान भएका एमसीसीसँगका दर्जन सम्झौता संसदलाई थाहा नदिइ मूल सम्झौता होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेको?’