काठमाडौँ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज (मंगलबार) सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हाे । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले गत ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने पक्षमा छलफल गर्न दुवै पक्षलाई आज (मंगलबार) छलफलमा बोलाएको छ।दुवै पक्षको छलफलपछि सर्वोच्चले अन्तरिम आदेशलै निरन्तरता दिने वा नदिने भन्नेबारे थप निर्णय गर्ने छ।