• बैशाख २४ २०८३, बिहीबार

घोराही उपमहानगरपालिकामा गठबन्धनका उमेदवारले गराए मनोनयन दर्ता

बैशाख १२ २०७९, सोमबार

घोराही । यही बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उठाइएका उमेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट नगर प्रमुखमा हेमराज शर्मा र उपमेयरमा कांग्रेसबाट उपप्रमुखमा भुपबहादुर डाँगीले मनोनयन दर्ता गराएका छन् ।

भागबन्डामा गठबन्धनमा विवाद पर्दै गइरहेका बेला घोराहीमा भने सहमतिमै मनोनयन दर्ता गराइएको छ । गठबन्धनको तर्फबाट र्याली सहित गएर मनोनयन दर्ता गराइएको हो । ३० गते हुने मतदानका लागि मनोनन दर्ता गराउने आज अन्तिम दिन हो ।