• बैशाख २४ २०८३, बिहीबार

ललितपुरको मेयरमा चिरिबाबु महर्जनको मनोनयन दर्ता

बैशाख १२ २०७९, सोमबार

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले मनोनयन दर्ता गरेका छन् ।

सत्ता गठबन्धनबीचको सहमति अनुसार कांग्रेसको भागमा परेको ललितपुरको मेयरमा महर्जनले टिकट पाएका हुन् ।

यस्तै गठबन्धनकातर्फबाट उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज वज्राचार्यले मनोनयन दर्ता गरेका छन् ।
महर्जन ललितपुरको निवर्तमान मेयर पनि हुन् ।