• बैशाख २४ २०८३, बिहीबार

एमालेले सहमति कार्यान्यन नगरे आफ्नै उमेदवार उठाउँछौं : महामन्त्री पौडेल

बैशाख १२ २०७९, सोमबार

काठमाडौ । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेपाल परिवार दल र नेकपाबीच चुनावी तालमेल नहुने संकेत देखिएको छ ।

एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै परिवार दलले सबै स्थानीय निकायमा उम्मेदवारी दिने तयारी थालेको छ । एमालेसँगको सहमतिमा हस्ताक्षर गरेका परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेले सहमति कार्यान्यन गर्न एमालेले आनाकानी गरेको भन्दै परिवार दल एक्लै चुनावमा जानसक्ने बताए ।

उनले सम्र्पूण स्थानीय निकायमा यस अघि तय भएका उमेदवारले नै मनोनयन दर्ता गर्ने तयारी भएको बताए । परिवार दलका प्रवक्ता रुपसिंह भण्डारीले परिवार दलले एमालेसँग भएको सहमतिको पालना गर्न तयार रहेको तरसहमति कार्यान्यनमा एमालेबाट कहिँ बाधा उत्पन्न भए परिवार दलले एक्लै उम्मेदवार उठाउने तयारी समेत गरेको बताए ।

यसैबीच नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमालेसँग तालमेल नगर्ने भएको छ । तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खड्ग नागरीले बताए ।

नेकपा एमाले नेपाल परिवार दलका बिचम स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सहमति कार्यान्यन नभएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो ।

परिवार दलले छ महानगर ११ उपमहानगर लगायत सबै स्थानीय तहमा उम्मेदवारी दिन मातहतका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ तर एमाले महासचिव शंकर पोखरेलले सहयात्री दलसँग भएको सहमति कार्यान्यन गर्न एमाले प्रबिवद्ध रहेको प्रतिक्रिया दिए ।

एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्षबीच पटक पटकको वार्तापछि चुनावमा तालमेल गर्ने सहमति भएको थियो ।