• बैशाख २४ २०८३, बिहीबार

सल्यानमा गठबन्धन नगर्ने भन्दै माओवादीद्वारा एकल उम्मेद्वारी दर्ता

बैशाख ११ २०७९, आईतवार
काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ ।

प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेकाे समयमा माओवादीले गठबन्धन नगर्ने भन्दै एकल उम्मेदवारी दर्ता गरेको हाे।

माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको छ । माओवादीले अन्य पालिकाहरुमा पनि भोलि एकल उम्मेदवारी दिने तयारी गरेको छ ।

माओवादीले दार्मा गाउँपालिकाको अध्यक्षमा निमबहादुर केसी, उपाध्यक्षमा जुना मल्ललाई उम्मेदवार बनाएको छ। केसी यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका थिए।

त्यस्तै वडा नं. १ मा टङ्क ओली, वडा नं. २ मा सार्की खत्री, वडा नं. ३ मा पोखरबहादुर खत्री, वडा नं. ४ मा चन्द्रबहादुर रावत, वडा नं. ५ सुदिप केसी र वडा नं. ६ मा देवी केसीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।