• बैशाख २२ २०८३, मंगलवार

पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सत्ता गठबन्धनको निर्णय

बैशाख ११ २०७९, आईतवार

काठमाडौं । सत्ता गठबन्धनले पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि उक्त निर्णयसहितको सहमति गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिए अनुसार बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी उपेन्द्र यादव र नेता बाबुराम भट्टराई सहभागी थिए ।