काठमाडौं । काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बसले ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको छ ।
बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको छ ।
यस्तै दुर्घटनामा घाइते धादिङको निलकण्ठ ११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको छ ।