काठमाडौँ। बुद्ध एयरको विमानभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्क गरिएको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
श्रोतका अनुसार बुद्ध एयरको उडानमा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा एक सयका दरले एक सय ८ थान डलर फेला परेको हो।
शनिबार साँझ फ्लाइट पछि विमानका कर्मचारीले सरसफाइ गर्ने क्रममा एउटा ब्यागमा उक्त डलर फेला परेका हुन्।
सो रकम राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ।
फेला परेको उक्त रकम कुनै विदेशीको हुनसक्ने अनुमान गरेर विमानस्थलले प्रमाणसहित दाबी गर्न आउन आग्रह गरेको छ।