कैलाली । कैलालीको कैलारी गाउँपालिका- ७ विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट ५० बढी घर जलेर नष्ट भएका छन् । शिविरमा ७० भन्दा बढी घरधुरी थिए ।
गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हो ।
आगलागी अझै नियन्त्रणमा आइनसकेको रामपुरका भलमन्सा रामलाल चौधरीले जानकारी दिए ।
उनका अनुसार टीकापुरबाट आएको दमकल र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।