काठमाडौँ। जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार एक कार्यक्रमबीच पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।