• बैशाख २२ २०८३, मंगलवार

स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

बैशाख ११ २०७९, आईतवार

काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय तह निर्वाचन २०७९ को लागि नेपाली कांग्रेसको संकल्प सार्वजनिक गरेका हुन् ।

कांग्रेस महामन्त्री थापा नेतृत्वको समितिले घोषणा पत्र तयार गरेको थियो ।