• बैशाख २२ २०८३, मंगलवार

दाङमा माले र जरोकिलो पार्टीले गरे पहिलो मनोनयन दर्ता, को कुन पदमा उठे ?

बैशाख ११ २०७९, आईतवार

घोराही, ११ बैशाख । बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा विभिन्न पदहरु उमेदवार दिन चाहने उमेदवाहरुले मनोनयन दर्ता गराउने कार्य आजदेखि सुरु भएको छ ।

यसैबीच दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दिर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा सुशील गन्धर्वले पहिलो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगर वडा न. १५ का श्रीमन न्यौपानेले घोराही निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै घोराही-१३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर घर्तीमगरले पहिलो उम्मेदवारी दिएका छन् । दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आजबाट सुरु भएको छ ।

स्थानीय तहमा भने मनोनयन दर्ताका लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका छुट्टाएको छ । घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमबार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङमा साना ठूला गरी २९ दल छन् ।