• बैशाख २२ २०८३, मंगलवार

मञ्जुले पोखरा उपमेयरको टिकट अस्वीकार गर्दा एमालेभित्र हल्लीखल्ली

बैशाख ११ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेबाट पोखराको उपमेयर बन्न मन्जु गुरुङले अस्वीकार गरेकी छिन् । गुरुङले आफूलाई नसोधी उपमेयरमा प्रस्ताव गरेको भन्दै उनले असन्तुष्टी जनाएकी हुन् । मञ्जु हाल बहालवाला उपमेयर छिन् ।

उनले एक पटक उपमेयर चलाइसकेपछि पुन सोही पदमा नाम प्रस्ताव भएपछि असहमति जनाएकी हुन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो । तर, त्यसो गरिएन बोरु उनैलाई नसोधी उपमेयरमा नाम प्रस्ताव गरियो । नाम प्रस्ताव भएपछि गुरुङले आफू सो पदमा उठ्न राजी नभएको बताएकी छिन् । मन्जुले उपमेयर अस्वीकार गरेसँगै कास्की एमालेमा खलबली मच्चिएको छ।