• बैशाख २२ २०८३, मंगलवार

स्थानीय तह निर्वाचन: देशभर उम्मेद्वारी दर्ता शुरु

बैशाख ११ २०७९, आईतवार

काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता शुरु भएको छ । निर्वाचन आयोगममा पुगेर बिभिन्न राजनीतिक दलका उम्मेद्वारहरुले मनोनयन दर्ता गराउने क्रम जारी छ ।

निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्। आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।