काठमाडाैं । निर्वाचन आचारसंहिता विपरित काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेकाे छ।
नगरापालिकाकाे वडा नम्बर ८ को कार्यलयबाट ११० थान साडी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
वडाध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरित एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ।
निर्वाचन आयोगकाे निर्देशनमा प्रहरीले वडा कार्यालयकाे भवनबाट एक सय १० थान साडी बरामद गरेको हो।