• बैशाख २४ २०८३, बिहीबार

पाल्पामा टुंगियाे गठबन्धनकाे भागबण्डा, कसको भागमा कति ?

बैशाख १० २०७९, शनिबार

काठमाडौँ। यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ ।

शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २, नेकपा एस (एकीकृत समाजवादी)लाई २ वटा पालिका दिने गरी भागबण्डको टुंगो लागेको हो ।

नेपाली कांग्रेसले निस्दी गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

यस्तै, नेकपा एसको भागमा पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

यस्तै नेपाली कांग्रेसको उपप्रमुख÷उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

नेकपा एस (एकीकृत समाजवादी)को भागमा उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा निस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका परेका छन् ।

वडाको बाँडफाँट भने सम्बन्धित पालिकाले लगाउने छन् । पालिका बाँडफाट भए पनि उम्मेदवारको भने अहिलेसम्म टुंगो लागेको छैन ।