• बैशाख २७ २०८३, आईतवार

स्थानीय तह निर्वाचन : उम्मेदवार टुंग्याउने समय घर्किँदै, कर्णालीमा गठबन्धन अनिर्णीत

बैशाख ९ २०७९, शुक्रबार

सुर्खेत । महानगर र उपमहानगर नरहेको कर्णाली प्रदेशमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच पालिका बाँडफाँटमा अझै सहमति जुटेको छैन । गठबन्धन दलबीच बढी भाग खोज्ने होड चल्दा निर्णय हुन नसकेको हो ।

गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले सुरुमा प्रदेशका ७९ स्थानीय तहलाई प्रदेशबाटै भागबन्डा गर्ने तयारी गरेको थियो । तर जिल्लापिच्छे फरक–फरक परिस्थिति रहेकाले सम्भव भएन ।

प्रदेशले जिल्लास्थित संयन्त्रलाई पालिका बाँडफाँट गर्न भन्यो । ‘जिल्लामा पनि दलहरूले आफ्नो हैसियतभन्दा बढी भाग खोज्दा कुरा मिल्न सकेन,’ नेपाली कांग्रेसका प्रदेश प्रवक्ता दमन शाहीले भने, ‘त्यसैले अहिले जिल्लासँग समन्वय गरेर प्रमुख–उपप्रमुखको पदीय बाँडफाँट प्रदेशबाटै टुंग्याउने प्रयास भइरहेको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।