• बैशाख २७ २०८३, आईतवार

आफ्नै २ वर्षीया छोरीको हत्या गरेर नदीमा फाल्ने आमा ८ वर्षपछि पक्राउ

बैशाख ८ २०७९, बिहीबार

महोत्तरी । आफ्नै छोरीको हत्या गरेर नदीमा फाल्ने आमा आठ वर्षपछि पक्राउ परेकी छन् ।

महोत्तरीमा दुई वर्षीया छोरीलाई हत्या गरेर नदीमा आएको बाढीमा फालेकी आमालाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको हो । महोत्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–७ की रानी देवी मण्डललाई बिहीबार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

०७३ साल साउन १२ गते रानीले आफ्नी दुई वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेको भनेर उनकै श्रीमान् सूर्यनारायण मण्डलले जाहेरी दिएका थिए । जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।

फैसलापश्चात् फरार रहेकी रानीलाई आज पक्राउ गरेर कैद भुक्तानका लागि कारागार कार्यालय राजबिराज सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ।