काठमाडौं । निर्वाचन आयोगले मतपत्र ढुवानी गर्दा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने भएको छ । निर्वाचन आयोगका अनुसार देशभर पठाउने मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिने भएको हाे ।
आयोगका अनुसार, निर्वाचनका अरु सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने तयारी भएकाे छ ।
यस्तै आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ मार्फत मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर निगरानी राख्ने समेत व्यवस्था गरेको छ ।
आयोगले सडक मार्गबाटै देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री लैजाने व्यवस्था गरेको छ भने सडक पुग्न बाँकी डोल्पा र मुगुमा हवाई मार्गबाट लैजाने तयारी गरेको जनाएको छ ।