• बैशाख २४ २०८३, बिहीबार

केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचन सुरक्षाबारे छलफल

बैशाख ८ २०७९, बिहीबार

काठमाडाैं । सिंहदरबारमा  बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय  गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार समग्र उम्मेद्वारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि बिशेष सुरक्षा योजनाका साथ अघि बढ्ने बिषयमा छलफल भएको हो ।

बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगाएतका प्रतिनिधिहरु सहभागी थिए ।