काठमाडौं । ३३ वर्षअघि भारतको मुम्बईमा दुई महिला बिक्री गर्ने एक पुरुष प्रहरीको फन्दामा परेका छन् ।
जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णुबहादुर थापालाई उदयपुरको कटारीबाट प्रहरीले पक्राउ गरेको हो । दुई महिलालाई बेचबिखन गरेको अभियोगमा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि थापा फरार थिए ।
उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।