• बैशाख २२ २०८३, मंगलवार

एमाले सिध्याउँछु भनेर हिँडेकाहरुको थुतुनो जलिरहेछ: एमाले अध्यक्ष ओली

बैशाख ८ २०७९, बिहीबार

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछु भनेर हिँडेकाहरुको थुतुनो जलिरहेको टिप्पणी गरेका छन्। बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकमा सम्बोधन गर्दै ओलीले एमालेलाई विभाजित गरेर हिँडेकाहरुको ‘हनुमान’ को जस्तै अनुहार डढिरहेको टिप्पणी गरेका हुन्।

पवनपुत्र हनुमानबारेको पौराणिक कथा सुनाउँदै ओलीले २८ वर्ष नेतृत्व गरेकाहरुले पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाए। हनुमानबारे ओलीले कथा सुनाउँदै भने, ‘रामायणमा एउटा कथा छ। हनुमान असाध्यै पराक्रमी थिए। वायुपुत्र हनुमान जन्मनासाथ यसो आकाशतिर हेरेछन्। हेर्दा राम्रो, रोटी जस्तो लागेछ उनलाई। नजिकै गएर त्यो सूर्यलाई उनले खान खोजेछन्। खाउँ भन्दा थुतुनो जलेछ। एमाले सिध्याउँछु भनेर हिँडेकाहरुको थुतुनो अहिले जलिरहेको छ।’