• बैशाख २६ २०८३, शनिबार

अक्सिजन प्लान्टमा भएको विस्फोटनको छानविन गर्न गृहमन्त्री खाँणको निर्देशन

बैशाख ८ २०७९, बिहीबार

काठमाडौै । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फाेटको छानविन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्दार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका हुन्।