• बैशाख २६ २०८३, शनिबार

ललितपुरमा अक्सिजन प्लान्ट विष्फोटमा परेर एक जनाको मृत्यु

बैशाख ८ २०७९, बिहीबार

काठमाडौै । पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा भएको बिस्फोटमा परेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा भारतको चम्पारणका ४५ वर्षीय बृज महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको शव क्षतविक्षत अबस्थामा रहेको छ । मृतकको शरीरका अंगहरु पनि सय मिटर परसम्म पुगेको छ । प्रहरीले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अक्सिजन भर्ने क्रममा बिस्फोट हुँदा अरु सातजना घाइते भएका छन् । उनीहरुको पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।