• बैशाख २६ २०८३, शनिबार

कांग्रेस संस्थापनइतर पक्ष अझै गठबन्धनको विपक्षमा : नेता शेखर गठबन्धन भाड्न भातृ संगठनहरुलाई उक्साउँदै

बैशाख ८ २०७९, बिहीबार

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को त्रिपन्नौ वार्षिकोत्सवका अवसरमा नेविसंघ उपत्यका क्याम्पस एकाइले हिजो यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

‘हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौं, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ’, डा. कोइरालाले भने । उनले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे ।

उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताए । नेविसंघलाई पूर्णता दिए मात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो । यो समाचार नागरिक दैनिकमा छ ।