• बैशाख २२ २०८३, मंगलवार

नेपालको विकास नहुनुमा सोच र चिन्तनको अभाव : ओली

बैशाख ७ २०७९, बुधबार

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास नहुनुमा विकासप्रति सोच र चिन्तनको अभाव भएको बताएका छन् ।

ललितपुरको गोदावरीमा आज युवा सङ्घ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा ओलीले विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण नभएर विकास नभएको बताएका हुन् । उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताउदै युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे ।

अब देशको तीव्र विकास सङ्ख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने बताउदै नेपालको विकास गर्न विद्युतको प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताए ।

ओलीले शिक्षा प्रणालीमा रहेका समस्याको समाधान गर्न जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताए ।