• बैशाख २६ २०८३, शनिबार

सैनिक आचारसंहिता आजदेखि सुरु

बैशाख ७ २०७९, बुधबार

काठमाडौं । सैनिक आचारसंहिता आजदेखि सुरु भएको छ । नेपाली  सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहिता कार्यक्रम, २०७९’ सुरु गरेको हो ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधबार कार्यक्रमको शुभारम्भ गरेका थिए । सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने बलाधिकृत रथी कार्कीले विश्वास व्यक्त गरे ।

नेपाली सेनामा कार्यरत सकलदर्जालाई व्यवहारिक आचरणहरुका बारेमा सु-सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।