• बैशाख २६ २०८३, शनिबार

कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता, सञ्चालक पक्राउ

बैशाख ७ २०७९, बुधबार

खोटाङ । प्रहरीले कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्नेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते कागजपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको प्रहरीमा परेको उजुरी परेपछि गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

प्रहरीका अनुसार अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको हो ।