• बैशाख २६ २०८३, शनिबार

ढुङ्गा गिट्टीको निकासीमा रोक लगाउन सर्वोच्चको परमादेश

बैशाख ७ २०७९, बुधबार

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा–गिट्टी निकासी गर्ने कार्य तत्काल रोक लगाउन सरकारको नाममा परमादेश जारी गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सरकारका नाममा यस्तो परमादेश गरेको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्राकृतिक श्रोतको दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नुरनगराउन भन्दै सरकारका नाममा परमादेशको आदेश जारी गरेको हो।

सर्वोच्चको यो आदेशपछि अब सरकारले कानुन बनाएर मात्र ढुंगा–गिट्टी निकास गर्न पाउने छ। नत्र यो अवैधानिक भई कानुन अनुसार कारवाही हुने छ।

शैलेन्द्र प्रसाद अम्बेडकरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दागर गरेको रिटमा संवैधानिक इजलासले प्राकृतिक स्रोत साधनको दोहन गर्ने कुरामा कडाई गर्न सरकारका नाममा आदेश जारी गरेको हो।

त्यस्तै, सर्वोच्चले वातावरणीय संरक्षणको प्रभावकारी व्यवस्था मिलाउनु भनी सरकारका नाममा परमादेश पनि जारी गरेको छ।